समाज


मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा

नेपालखबर
साउन १२, २०८२ सोमबार १५:४९, काठमाडौँ

काठमाडौंको काठमाडौं महानगरपालिका ७ उमाकुण्डबाट आज (सोमबार) मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

नियन्त्रणमा आउनेमा रामेछापको सुनापति गाउँपालिका २ घर भएका ४० वर्षीय गहनसिंह तामाङ र सुनापति गाउँपालिका ३ घर भएका ३४ वर्षीय प्रकाश भन्ने तेज बहादुर तामाङ रहेका छन्। 

वास्तविक नम्बर बागमती प्रदेश ०२–०५३ प ३७ ८२  रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२–०५२ प ३६ ५७ राखि चलाइरहेको अवस्था फेला पारी दुवै जनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो। 

उक्त मोटरसाइकल काभ्रेपलान्चोकको चौरी देउराली गाउँपालिका ५ घर भइ हाल काठमाडौँको नयाँवानेश्वर बस्ने राम बहादुर गौतमले  काठमाडौँ महानगरपालिका ३१ प्रयागमार्गबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए। 

मोटरसाइकल सहित नियन्त्रणमा आएका दुवैजनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त नयाँवानेश्वर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता  प्रहरी उपरीक्षक दिपक गिरीले जानकारी दिए। 

आफ्नो सवारी साधन सुरक्षित स्थानमा पार्किङ गर्ने, ह्विल लक, चेन लक, ह्यान्डिल लक, डिस्क लक, लगायत  सुरक्षा साइरनहरू जडान गर्नुका साथै मानिसहरूको आवत जावत नहुने एकान्त स्थानमा पार्किङ नगर्न प्रहरी उपरीक्षक गिरीले सम्पूर्णमा अनुरोध गरेका छन्। 

हराएका सवारी साधन खोजतलास र चोरी नियन्त्रण कार्य निरन्तर हुँदै आएता पनि सवारी धनी स्वयम् सजग भई सुरक्षित स्थानमा पार्किङ गर्न समेत ट्राफिक प्रहरीले आग्रह गरेको छ।

सवारी साधन हराएमा ट्राफिक प्रहरीको हटलाईन नम्बर १०३, नेपाल प्रहरीको हटलाइन नम्बर १०० मा तत्कालै आफ्नो सवारी साधनको विवरण सहित फोन गर्न र नजिकैको प्रहरी कार्यालयमा निवेदन दिन सकिनेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad