व्यावसायिक समूह वराह ग्रुपले विश्व महामारी कोरोनाभाइरस संक्रमण रोक्न १९ लाख रुपैयाँ कोरोना रोकथाम तथा उपचार कोषमा जम्मा गरेको छ। ग्रुपका अध्यक्ष शिव कुमार लामिछाने बिकमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।
सहयोग रकममध्ये स्थानीय सरकारलाई ४० प्रतिशत र ६० प्रतिशत संघीय सरकारको कोषमा जम्मा हुने ग्रुपले बताएको छ। सोमबार धरान उपमहानगरपालिकाका मेयर तिलक राई र उपमेयर मञ्जु भण्डारी सुवेदीमार्फत उक्त सहयोग रकम हस्तान्तरण गरिएको हो।

ग्रुपको नेपालस्थित विभिन्न स्थानमा सञ्चालित व्यवसाय तथा नेपालबाहिर हङकङ र दुवईमा सञ्चालित व्यवसायबाट संकलन गरी हस्तान्तरण गरिएको हो।
ग्रुपले दिएको जानकारीअनुसार काठमाडौ न्युरोड, पिपलबोट, पाटन, चितवन, पोखरा, भेडेटार, धरान, हङकङ, दुबई ज्वेलरी, डायमण्ड, सिल्भर सोरूम, बचत सहकारी, प्रडक्सन हाउस, डिपार्टमेन्ट, कृषि, टाइम्स रेमिट, इन्द्र वराह ट्राभल्स, किचन, किडस सैलुन, कृपा दृश्य, वराह प्रोपर्टी सर्भिस सञ्चालक, सल्लाहकार, शुभचिन्तक, कर्मचारी र संस्थागत रुपमा उक्त सहयोग रकम संकलन गरिएको थियो।
Shares

प्रतिक्रिया