कारोबार


मेची क्राउन प्लाजाकी उपप्रबन्धनिर्देशक कार्की भन्छिन्: नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र पर्यटन हो

मेची क्राउन प्लाजाकी उपप्रबन्धनिर्देशक कार्की भन्छिन्: नेपालको अर्थतन्त्रको महत्त्वपूर्ण क्षेत्र पर्यटन हो

नेपालखबर
साउन ८, २०८२ बिहिबार १६:४४, काठमाडौँ

मेची क्राउन प्लाजाकी उपप्रबन्धक अश्लेषा कार्कीले नेपालको अर्थतन्त्र सुधारका लागि पर्यटन क्षेत्र नै महत्त्वपूर्ण रहेको बताइन्। नेपालखबर राइजिङ नेपाल समिट २०२५ मा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कार्कीले यस्तो बताएकी हुन्।  

'कोभिडका कारण आतिथ्य क्षेत्र सबैभन्दा गाह्रो भएको क्षेत्र हो। आतिथ्य र पर्यटन नेपालको सबैभन्दा महत्त्वपूर्ण क्षेत्र हो,' उनले भने, ' हामीले काठमाडौं, काठमाडौंबाहिर पर्यटक बढाऔँ भनेर होटल खोलेका हौँ। केही सुधार हुँदैछ।'

नेपालको पर्यटनमा कति लगानी छ? भन्ने प्रश्नमा उनले भनिन्- आजको दिनमा २०२३ २०२४ ५ खर्ब ४३ अर्ब पर्यटनमा लगानी छ। यसलाई दोब्बर बनाउन सरकारले पहिलो काम व्यवसायको प्रक्रिया डिजिटलाइज गर्नुपर्छ। एकै ठाउँबाट हुने व्यवस्था मिलाउनुपर्छ।'

उनले पर्यटन आगमन राम्रो हुँदा अर्थतन्त्रको सबै क्षेत्र राम्रो हुने बतायन्। विलासी पर्यटक र खर्चालु पर्यटक भित्र्याउन ध्यान दिनुपर्ने उनको भनाइ छ। 

'पर्यटक आगमन राम्रो हुँदाको अवस्थामा मात्र कुरा गर्छौँ। अलि विलासी पर्यटक, खर्चालु पर्यटक ल्याउन ध्यान दिनुपर्छ।
सरकारले यसमा सहयोग गर्नुपर्छ,' उनले भनिन्, 'काठमाडौंमा मात्र होइन, बाहिर पनि पूर्वाधार बनाउन सहयोग गर्नुपर्छ। व्यवसायीले लगानी जोखिम मोलेर आएका हुन्छन्, उनीहरुलाई बैंक र सरकारले सपोर्ट गर्नुपर्छ।' 

उनले धार्मिक र पर्वतीय पर्यटनमा सम्भावन धेरै रहेको पनि बताइन्।    

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad