निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा लिमिटेडले ‘सधैँ अन करोडपति’ योजना बन्द गरेको छ।
नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशनअनुसार उक्त योजना आजदेखि बन्द गरिएको एनसेलले जनाएको छ।
यसबाट ग्राहक वर्गामा पर्न गएको असुविधाप्रति एनसेलले क्षमा समेत मागेको छ।
यद्यपि उपभोक्ताहरुको हितलाई ध्यानमा राखी सञ्चालन अवधिभित्र योजनामा सहभागी भएका ग्राहकलाई कम्पनीले प्रतिबद्धता जनाएअनुसार विजेता घोषणा गरी पुरस्कृत गरिने कम्पनीले जानकारी दिएको छ।
102
Shares

प्रतिक्रिया