नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले अडलट कारोबारलाई आजदेखि सहज बनाएको छ।
लगानीकर्ताको मागअनुसार नेप्सेले आजदेखि नेप्से वेबसाइटको मार्केट डेप्थमा अडलट खरिद तथा बिक्री आदेश देखिने व्यवस्था मिलाएको हो।
यसबाट आफूसँग अडलट धितोपत्र हुँदा अर्थात् १० कित्ताभन्दा कम सेयर किनबेच गर्न लगानीकर्तालाई सहज हुनेछ।
धितोपत्र कारोबार विनियमावली २०७५ मा अडलट कारोबारसम्बन्धी व्यवस्था गरिएको छ। यसअनुसार धितोपत्रको अंकित मूल्य १० रुपैयाँ भएमा १०० कित्ता, अंकित मूल्य १०० रुपैयाँ भएमा १० कित्ता र अंकित मूल्य १ हजार रुपैयाँ भएमा १ कित्ताको कारोबारलाई बोर्ड लट भनिन्छ।
उल्लिखितभन्दा कम कित्ताको कारोबारलाई विनियमावलीले अडलट कारोबार भनेर परिभाषित गरेको छ। अडलट कारोबारलाई मूल्य परिवर्तन सीमा र बजार परिसूचक गणनामा समावेश गरिने गरेको छैन। धितोपत्रधनीले बोर्डलटमा भएको धितोपत्रलाई टुक्र्याएर अडलट बनाउन नपाउने व्यवस्था विनियमावलीमा छ।
Shares

प्रतिक्रिया