ad ad

कारोबार


एक्सपर्टद्वारा अस्ट्रेलियमा रहेका विद्यार्थीका लागि दुई लाख डलरको कोष स्थापना

एक्सपर्टद्वारा अस्ट्रेलियमा रहेका विद्यार्थीका लागि दुई लाख डलरको कोष स्थापना

नेपालखबर
चैत ३०, २०७६ आइतबार १४:१३,

एक्सपर्ट एजुकेशन एन्ड भिषा सर्भिसेजको परोपकारी संस्था एक्सपर्ट फाउन्डेसनले अस्ट्रेलियामा रहेका विद्यार्थीहरुलाई सहयोग गर्न दुई लाख डलरको ‘कोभिड–१९ एक्सपर्ट सहयोग कोष’को घोषणा गरेको छ।

कोरोनाका कारण अस्ट्रेलियामा अध्यनरत अन्तर्राष्ट्र्रिय विद्यार्थीहरुलाई पर्न सक्ने तत्कालिन र दिर्घकालिन असरलाई न्युनिकरण गर्ने उद्देस्यले यो सहयोग कोषको घोषणा गरिएको एक्सपर्ट एजुकेशनका निर्देशक सन्जिव शर्माले बताए। एक्सपर्ट एजुकेशनले आफ्नो व्यवसायिक र सामिाजक दायित्व पुरा गर्दै आएको सन्दर्भमा यतिखेर अस्ट्रेलियामा अध्यनरत विद्यार्थीहरुको समस्यालाई केही हदसम्म मलम लगाउने प्रयासका लागि यो राहत कोषको स्थापना गरिएको निर्देशक शर्माले सुनाए। उनका अनुसार सम्भवत निजी क्षेत्रवाट सञ्चालित व्यवसायिक संगठनले कोरोनाको प्रभावपछि विद्यार्थीको हक हितका लागि गरिएको यो पहिलो राहत कोष हो।

‘विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरसको माहामारीले जनस्वास्थ र अर्थतन्त्रमा नै गहिरो प्रभाव पर्न गइ मानव जगतनै अहिले असहज परिस्थीतीबाट गुज्रनुपरेको अवस्थामा हामीले हाम्रो दायित्वलाई पुरा गरेका हौं’, एक्सपर्टका अर्का निर्देशक बद्री अर्यालले बताए।

विद्यार्थीको दिर्घकालिन समस्याको समाधानका लागि एक्सपर्टले सरकारी निकाय, विभिन्न शैक्षिक उद्योग, संघ संस्था र कलेज, विश्वविद्यालयसँंग नजिक रहेर समुचित ब्यबस्थापनको लागि पैरवी गरिरहेको अर्यालले सुनाए।

अर्यालले आइतबार राहत कोषको घोषणा गर्दै भनेका छन, ‘अहिले निकै समस्यामा परेका विद्यार्थीका लागि यस राहत कोषले केही हदसम्म सहयोग पुग्ने विश्वास हामीले लिएका छौं। यो दुई लाख डलर मध्ये एक लाख पचास हजार डलर एक्सपर्ट एजुकेशनमार्फत आएका विद्यार्थीहरुको लागि र बाँंकी पचास हजार डलर अन्य नेपाली विद्यार्थीहरुको सहयोगमा जुटिरहेका संघ संस्थालाई प्रदान गरिने अर्यालले जानकारी दिए।

पछिल्लो छ महिनायता अस्ट्रेलियामा उच्च अध्यनका लागि आएका र रोजगारी नपाएका अनि गुमाएका विद्यार्थीहरुलाई पहिलो प्राथमिकतामा राखिने र अन्य समस्यामै परेकाहरुलाई पनि मुल्यांकनका आधारमा सहयोग गरिने योजना रहेको अर्यालले बताए।

अर्यालले अगाडि भनेका छन्, ‘यो समय एक अर्कामा सहयोग र सद्भाव कायम गर्दै धर्यतापूर्वक मानवीय भावनाका साथ अगाडि बढ्नु पर्ने बेला हो। यतिखेर हामी सबैले सरकारी सूचनाको अवलम्बन र कोरोनाबाट बच्ने सुरक्षित उपायहरु अपनाउनु पर्ने हुन्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .