कारोबार


वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति?

वाणिज्य बैंकहरूले घटाए ब्याजदर, कुनको कति?

नेपालखबर
असार ३२, २०८२ बुधबार ११:१५, काठमाडौँ

नेपाल राष्ट्र बैंकले नीतिगत दर घटाएसँगै वाणिज्य बैंकहरूले पनि साउनका लागि निक्षेपको ब्याजदर घटाएका छन्।

उनीहरूले साउन महिनाका लागि ब्याजदर घटाएका हुन्।

१० वाणिज्य बैंकमध्ये व्यक्तिगत मुद्दतीतर्फ निक्षेपमा १६ वटाले ब्याज घटाउँदा ४ वटा बैंकले भने असारकै दर यथावत् राखेका छन्।

व्यक्तिगततर्फ कुनै पनि बैंकले ब्याजदर बढाएका छैनन्।

यस्तै संस्थागततर्फ निक्षेपको ब्याजदर पनि ११ वटा बैंकले घटाउँदा हिमालयन बैंकले भने १ प्रतिशत बढाएको छ।

बाँकी ८ बैंकले भने असारकै दरलाई निरन्तरता दिएका छन्।

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिबाट नीतिगत दर ५ प्रतिशतबाट ४.५ प्रतिशत, बैंकदर ६.५ प्रतिशतबाट ६ प्रतिशत र निक्षेप संकलन दर ३ प्रतिशतबाट २.७५ प्रतिशतमा झारेको छ। 

यसपछि वाणिज्य बैंकहरूले साउनका लागि ब्याजदर घटाएका हुन्। 

कुन बैंकको ब्याजदर कति?

साउन महिनाका लागि प्रभु बैंकले व्यक्तिगततर्फ निक्षेपको ब्याज ४.२५ प्रतिशत तोकेको छ भने राष्ट्रिय वाणिज्य बैंकले ४ प्रतिशत कायम गरेको छ।

यस्तै एभरेस्ट बैंक र एनआईसी एसिया बैंकले ब्याज ५.२५ प्रतिशत तोकेका छन् भने प्राइम कमर्सियल बैंकले ३.१ प्रतिशतमा सीमित गरेको छ। 

यस्तै नबिल बैंक र नेपाल इन्भेस्टमेन्ट मेघा बैंकले क्रमश: ४.०५ प्रतिशत र ४.२५ प्रतिशत ब्याज कायम गर्दा लक्ष्मी सनराइज बैंकले ४.५ प्रतिशत, नेपाल एसबीआई बैंकले ४.३५ प्रतिशत, कुमारी बैंकले ४.०१ प्रतिशत, माछापुच्छ्रे बैंकले ४ प्रतिशत, ग्लोबल आईएमई बैंकले ४.२५ प्रतिशत, सिद्धार्थ बैंकले ४.७५ प्रतिशत ब्याजदर तोकेका छन्। 

अन्यमा स्टान्डर्ड चार्टर्ड बैंकले ३ प्रतिशत ब्याजदर तोक्दा कृषि विकास बैंकले ३.५, नेपाल बैंकले ३.७५ प्रतिशत ब्याजदर कायम गरेको हो।

यस्तै एनएमबी बैंक र हिमालयन बैंकले ५ प्रतिशत ब्याजदर कायम गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad