कारोबार


नबिल बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा कति पाइन्छ ब्याज?

नबिल बैंकले निष्काशन गर्न लागेको ऋणपत्रमा कति पाइन्छ ब्याज?

नेपालखबर
असार ३०, २०८२ सोमबार १२:५, काठमाडौँ

नबिल बैंकले ३ अर्ब रुपैयाँबराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ। 

बैंकले साउन ६ गतेबाट जारी हुने गरी ८ वर्षे अवधिको ७ प्रतिशत नबिल डिबेन्चर २०८९ निष्काशन गर्ने भएको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ३ अर्ब रुपैयाँबराबरको ३० लाख कित्ता ऋणपत्र निष्काशन गर्नेछ। जसमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ० करोड रुपैयाँ बराबरको १ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणमा बाँडफाँट गरिनेछ।

सर्वसाधारणमा बाँडफाँट गरिने ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ।

ऋणपत्रमा लगानीकर्ताले थोरैमा २५ कित्ताका र धेरैमा निष्काशनमा आएको सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रका लागि आवेदन साउन ९ गते बन्द हुने जनाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad