सुनको मूल्य आज घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो कारोबार दिनको तुलनामा आज सुनको मूल्य तोलाको तीनसय रुपैयाँ घटेको हो।
असार १९ गते सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार एकसय रुपैयाँ थियो। व्यवसायीले सञ्चालन गरेको आन्दोलनको कारण त्यसयताका सात दिन सुनचाँदीको मूल्य सार्वजनिक भएको थिएन। सरकारसँग सहमति भएपछि व्यवसायीले नयाँ मूल्यसूची सार्वजनिक गरेका हुन्।
सरकारसँग ६ बुँदे सहमति: सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित
प्रतिताेला तीन सय रुपैयाँ घटेर आज सुनको मूल्य तोलाको एक लाख ९१ हजार आठसय रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको मूल्य भने बढेको छ। तोलामा ५० रुपैयाँ बढेर आज चाँदीको मूल्य दुई हजार दुईसय २० रुपैयाँ निर्धारण भएको महासंघले जनाएको छ।
Shares

प्रतिक्रिया