नेपाल राष्ट्रिय व्यवसायी महासंघले चिनियाँ नाकामा सामान राख्ने सुरक्षित स्थानको व्यवस्था गर्न सरकारसँग माग गरेको छ।
अध्यक्ष मनोजबाबु श्रेष्ठले विज्ञप्ति जारी गर्दै मंगलबार भोटेकोशीमा आएको भीषण बाढीले व्यापक धनजनको क्षति भएको दुःख व्यक्त गर्दै सरकारको ध्यानाकर्षण गराएका हुन्।
‘बाढीले बेपत्ता भई हराएका मानिसहरुको खोजीकार्यलाई पूर्ण तत्परतासाथ लागिपर्न तथा यस प्राकृतिक विपद्को घडीमा तीनै तहका सरकार सम्मिलित भई सम्बन्धित निकाय तथा सम्पूर्ण संयन्त्रहरुलाई तदारुकतासाथ परिचालन गर्दै तत्काल प्रभावकारी रुपमा उद्धार तथा राहत कार्यमा सक्रिय परिचालनका लागि महासंघ जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ।
अध्यक्ष श्रेष्ठले मितेरी पुललगायत बाटो तथा भौतिक संरचनाहरु बाढीले बगाउँदा तथा क्षति पु¥याउँदा सयौँको संख्यामा व्यवसायीहरुको मालवाहक कन्टेनर तथा विभिन्न सवारीसाधनहरु चाडपर्वलक्षित ल्याएका सामानहरु समेत बगाई ठूलो आर्थिक क्षति पुगेको उल्लेख गर्दै समयमा नै उद्योगी व्यवसायीका सामान सुरषित स्थानमा राख्न सरकारसँग माग गरेका छन्।

Shares

प्रतिक्रिया