कर्णाली विकास बैंक घोटाला प्रकरणमा बैंकका पूर्वअध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन्।
बुधबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले कर्णाली विकास बैंकका तत्कालीन अध्यक्ष मिश्रलाई बाँकेको नेपालगञ्जबाट पक्राउ गरेको हो। उनी मिश्र २०६६ देखि २०७५ सालसम्म बैंकको अध्यक्ष थिए।
कर्णाली विकास बैंक घोटाला प्रकरणमा प्रहरीले यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरीलाई पक्राउ गरेको थियो।
पक्राउ परेकाहरूमाथि बैंकिङ कसुर तथा सजाय ऐन- २०६४ अन्तर्गतको कसुरमा नेपाल राष्ट्र बैंकको समन्वयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। कर्णाली विकास बैंकमा साढे २ अर्ब रुपैयाँ हिनामिना भएको उजुरी परेको छ।
39
Shares

प्रतिक्रिया