कारोबार


चेम्बर र मलेसिया नेपाल बिजनेस काउन्सिलबीच व्यापार साझेदारीबारे छलफल

चेम्बर र मलेसिया नेपाल बिजनेस काउन्सिलबीच व्यापार साझेदारीबारे छलफल

नेपालखबर
असार १८, २०८२ बुधबार १८:३०, काठमाडौँ

नेपाल भ्रमणमा आज आएको मलेसिया नेपाल बिजनेश काउन्सिलले व्यापार सहजीकरण एवं लगानी अभिवृद्धिबारे नेपाल चेम्बर अफ कमर्स एनसीसीसँग छलफल गरेको छ।

काठमाडौंको जमलस्थित चेम्बर भवनमा आयोजित कार्यक्रममा अध्यक्ष कमलेश कुमार अग्रवाल सहितको पदाधिकारी टोली र मलेसिया नेपाल बिजनेस काउन्सिलको प्रतिनिधिमण्डलबीच दुई मुलुकबीचको आर्थिक सम्वन्ध, रोजगारी अभिवृद्धि, थप लगानी विस्तार लगायतका विषयमा सहकार्य गर्नेबारे छलफल भएको हो। 

मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजासहितको टोलीले नेपाल भ्रमणका क्रममा चेम्बर पदाधिकारीसमक्ष दुईपक्षीय लगानी तथा व्यापार साझेदारीबारे प्रस्ताव राखेका थिए। 

चेम्बर अध्यक्ष कमलेश कुमार अग्रवालले नेपाल र मलेसियाबीचको कूटनीतिक सम्बन्ध ६५ वर्षभन्दा पुरानो रहेको स्मरण गर्दै व्यापार, लगानी अभिवृद्धि तथा रोजगारीको दृष्टिकोणले समेत उत्कृष्ट रहेको बताए।

नेपालबाट मलेसियामा ५ लाखभन्दा बढी युवाहरुले रोजगारी पाइरहेको र दुई मलुकबीच सबैभन्दा धेरै हवाइ सम्पर्क विस्तार भइरहेको अध्यक्ष अग्रवालले बताए। नेपाली युवा जनशक्तिले दुवै देशको अर्थतन्त्रमा महत्वपुर्ण योगदान गरेको अध्यक्ष अग्रवालले बताए। यद्यपि मलेसियासँग नेपालको व्यापारघाटा उच्च रहेकाले यसलाई घटाउनका लागि व्यापार सहजीकरण गर्नुपर्नेमा उनले जोड दिए। 

अध्यक्ष अग्रवालले नेपालको ऊर्जा, उत्पादनमुलक उद्योग, कृषि, पर्यटन, खानी, शिक्षा तथा स्वास्थ्य क्षेत्रमा लगानी गर्न मलेसियाका उद्यमी व्यवसायीलाई आग्रह गरे। नेपाल लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको भन्दै अध्यक्ष अग्रवालले व्यापार घाटा न्यूनीकरणका लागि नेपाली वस्तुहरुको आयात वृद्धि गर्न आग्रह गरे। 

चेम्बर पदाधिकारीहरुसँगको भेटमा मलेसिया नेपाल बिजनेस काउन्सिलका अध्यक्ष प्रदिप कुमार कुकरेजाले नेपालको पर्यटकीय क्षेत्रले आफूलाई आकर्षित गरेको बताए। उनले नेपालमा लगानीको सम्भावना देखेर नै आफुहरु आएको र व्यवसायिक वातावरण बनाउनका लागि चेम्बरसंग सहकार्य गर्न लागेको बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad