सेयबजार परिसूचक नेप्से ९.१९ अंकले बढेर २६३१.४८ अंकमा बन्द भएको छ। सोमबार बजार एकल अंकले बढ्दा लगानीकर्ताले ६ अर्ब ३८ करोडको सेयर कारोबार गरेका छन्।
सूचक बढेर हरियाली बनेको बजरामा फाइनान्स, होटल,जलविद्युत र अन्य समूहको उपसूचक घट्दा बाँकी सबै समूहको उपसूचक बढेका हुन्।
हरियाली बजारमा कारोबारमा आएका ३१८ कम्पनी मध्ये १४५ वटाको मूल्य बढेको छ भने १०३ वटाको मूल्य घट्न पुगेको छ।
आजको कारोबारमा राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेड, धौलागिरी लघुवित्त र वीन नेपाल लघुवित्तको ९ प्रतिशतभन्दा धेरैले सेयरमूल्य बढेर अग्रस्थानमा देखिएका छन। यस्तै घट्नेमा भने अगाडि पञ्चकन्या माइ हाइड्रो र ग्रीन डेभलपमेन्ट बैंकअगाडि छन्। यी दुवै कम्पनीको मूल्य ४ प्रतिशत भन्दा धेरैले घटेको हो।
यस्तै कारोबारको आधारमा भने आज साहज उर्जाअगाडि छ। यो कम्पनीको लगानीकर्ताले आज ३६ करोडको सेयर खरिदविक्री गरेका हुन्।
Shares

प्रतिक्रिया