विद्युत् विकास विभागले तीन जलविद्युत् आयोजना निर्माणका लागि ३–३ कम्पनी सर्टलिस्ट गरेको छ।
विद्युत् विकास विभागले सोमबार सूचना जारी गर्दै बुट मोडलमा आयोजना विकास गर्न कम्पनी सर्टलिस्ट गरेको हो।
विभागले ४७ मेगावाटको दूधकोशी ४ मा व्योम हाइड्रोपावर र सानिमा मिडल तमोर हाइड्रोको संयुक्त उपक्रम, सुपर मादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर छनोट भएका छन्।
३०.२ लोअर होंगुको लागि श्वेतगंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन, रभिनता हाइड्रोपावर र माउन्टेन इनर्जीको संयुक्त उपक्रम सर्टलिस्ट भएका छन्।
४०.८ मेगावाटको साँखुवा खोला १ आयोजनाको लागि नोबल ग्रुप अफ हाइड्रो इनर्जी र पिपल्स हाइड्रोपावर कम्पनीको संयुक्त उपक्रम, लिबर्टी इनर्जी र तेस्रोमा ग्लोबल हाइड्रोपावर एसोसिएट लिमिटेड सर्टलिस्ट भएका छन्।
विभागले कम्पनीहरुलाई आगामी साउन २२ गतेभित्र प्राविधिक र आर्थिक प्रस्ताव पेस गर्न भनेको छ। मूल्यांकनमा प्राविधिकतर्फ ४५ प्रतिशत, आर्थिक क्षमतामा ३५ प्रतिशत र अनुभवको २० प्रतिशत पाउनेछन्।
Shares

प्रतिक्रिया