नेपाल राष्ट्र बैंकले पेवेल नेपाल प्रालि र सजिलो पे पेमेन्ट सर्भिसेज प्रालिलाई प्रदान गरेको भुक्तानी सेवा प्रदायकको अनुमतिपत्र खारेज गरेको छ।
नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले एक सूचनामार्फत यसको जानकारी दिएको हो।
यस बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेल नेपाल प्रा। लि।ले २०७७ असोज ११मा र सजिलो पे पेमेन्ट सर्भिसेज प्रा। लि।ले २०७७ चैत १७मा अनुमति पाएका थिए।
विभागले भुक्तानी तथा फस्र्योट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएपछि अनुमति खारेज गरेको हो।
राष्ट्र बैंकले भनेको छ, ‘यस बैंकको सञ्चालक समितिको मिति २०८२र०३र०५ को निर्णयानुसार भुक्तानी तथा फस्र्योट ऐन, २०७५ को दफा ३५ को उपदफा (१) को खण्ड (च) को व्यवस्थाअनुसार उक्त संस्थाहरूको अनुमतिपत्र खारेज गरिएको व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशन गरिएको छ।’
Shares

प्रतिक्रिया