नेपाल सुनचाँदी व्यवसायी महासंघ र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले असार मसान्तसम्म आन्दोलनका कार्यक्रम स्थगित गरेको छ।
बिहीबार काठमाडौँमा पत्रकार सम्मेलन गरी महासंघहरुले जारी आन्दोलन असार मसान्तसम्म स्थगित गरी रचनात्मक कार्यक्रम गर्ने जनाएको हो।
असार ४ गते सम्पन्न राष्ट्रिय भेलाले ४ बुँदे घोषणापत्र समेत जारी गरेको छ। नेपाल सरकारलाई २०८२ असार मसान्तसम्मको अल्टिमेटम दिई सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र हिरा तथा बहुमूल्य पत्थरमा लगाइएको १३ प्रतिशत भ्याटको सन्दर्भमा पुनर्विचार गरी खारेज गर्नको लागि ज्ञापन पत्र दिने निर्णय गरेको छ।
पत्रकार सम्मेलनका क्रममा बोल्दै नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारले नेपाल सरकारसँग विभिन्न समयमा भएका सहमति र प्रतिवद्धताको सम्मान गर्दै हाल भईरहेको विरोध एवं आन्दोलनका कार्यक्रमहरु २०८२ असार मसान्तसम्म स्थगित गरी रचानात्मक क्रियाकलाप गर्ने निर्णय गरेको बताए।
उनले महासंघले २०८२ असार मसान्त भित्र आफूहरुका माग सम्बोधन नभए विभिन्न विषयगत समूहमार्फत साझा संघर्ष र खबरदारी गर्दै सशक्त आन्दोलन अघि बढाउने चेतावनी दिए।
महासंघले सुनचाँदी, हीरा तथा बहुमूल्य धातुका गहना सम्बन्धि नीति निर्देशिका यथाशिघ्र लागू गराउन निर्णयक पहल गर्ने निर्णय गरेको छ।
Shares

प्रतिक्रिया