कारोबार


बढ्यो सेयर कारोबार रकम, सूचक घट्यो

बढ्यो सेयर कारोबार रकम, सूचक घट्यो

नेपालखबर
असार ४, २०८२ बुधबार १६:२१, काठमाडौँ

बजार परिसूचक नेप्से १.०७ अंकले घटे पनि अघिल्लो दिनको तुलनामा कारोबार रकममा भने सुधार आएको छ। 

नेपाल स्टक एक्सचेन्जका अनुसार सूचक झिनो अंकको गिरावटपछि २६५३.६८ विन्दुमा झरेको छ। 

आज २ करोड ३४ लाख कित्ता सेयर बिक्रीपछि ९ अर्ब ८ करोडको कारोबार भएको हो। मंगलबार ३.९० अंकले सूचक घटेको थियो भने ७ अर्ब ६५ करोडको कारोबार भएको थियो। 

यस दिन ८८ वटा सेयरको मूल्य बढ्दा १५९ वटाको घटेको र एउटाको अघिल्लो मूल्यमै कारोबार भएको थियो। 

आज सर्वाधिक बढ्नेमा पियोर इनर्जी अगाडि छ। कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेपछि लगानीकर्ताले प्रतिकित्ता १०९.७० रुपैयाँ कमाएका छन्। यसबाहेक जोशी हाइड्रोपावरको ९.९० प्रतिशत, युनियन हाइड्रोपावरको ९.२२ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ८.०९ प्रतिशत, पञ्चकन्या माई हाइड्रोपावरको ८.०५ प्रतिशतले सेयर बढेको छ। 

त्यसैगरी आज कर्पोरेट डेभलपमेन्टको १० प्रतिशतले सेयर घट्दा लगानीकर्ताले २६७.७२ रुपैयाँ प्रतिसेयर नोक्सानी व्यहोरेका छन्। यसबाहेक सप्तकोशी डेभलपमेन्ट बैंकको ७.३९ प्रतिशत, ग्रिन डेभलपमेन्ट बैंकको ३.८६ प्रतिशत, सामुदायिक लघुवित्तको ३.१० प्रतिशत र सिन्धु विकास बैंकको ३ प्रतिशतले सेयर मूल्य घटेको छ। 

आज कारोबारमा सानिमा माई हाइड्रोपावरले सबैलाई उछिनेको छ। कम्पनीको ७१ करोडको कारोबार भएको हो। यसबाहेक सिंगटी हाइड्रो इनर्जीको ६१ करोड, बुटवल पावर कम्पनीको ४५ करोड, ङादी ग्रुप पावरको ३७ करोड र युनियन हाइड्रोपावरको ३० करोडको कारोबार भएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad