स्वावलम्बन लघुवित्त वित्तीय संस्थाले ठूलोमात्रामा संस्थापक सेयर बिक्रीमा राखेको छ। लघुवित्तले प्रतिकित्ता ४ सय ३५ रुपैयाँका दरले ५३ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो।
लघुवित्तले पहिलो चरणमा यी सेयर संस्थापक सेयरधनीहरुको समूहमै बिक्रीका लागी राखेको छ।
संस्थापक सेयरधनीहरूलाई पहिलो प्राथामिकतामा राखेर सेयर बिक्रीमा राखेपछि बाँकी रहेको सेयर सर्वसाधारण तथा अन्य लगानीकर्ताले खदिर गर्न पाउने छन्।
खरिद गर्न इच्छुक लगानीकर्ताले असार १२ गतेसम्म लघुवित्तको बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटल, लाजिम्पाटमा आवेदन दिनुपर्नेछ।
105
Shares

प्रतिक्रिया