कारोबार


धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो नयाँ स्टकसम्बन्धी शिवाकोटीको प्रतिवेदन (पूर्णपाठ)

धितोपत्र बोर्डले सार्वजनिक गर्‍यो नयाँ स्टकसम्बन्धी शिवाकोटीको प्रतिवेदन (पूर्णपाठ)

नेपालखबर
जेठ २७, २०८२ मंगलबार १८:४७, काठमाडौँ

नेपाल धितोपत्र बोर्डले नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिनुपर्ने निष्कर्षसहितको चिन्तामणि शिवाकोटी संयोजकत्वको अध्ययन समितिले बनाएको प्रतिवेदन सार्वजनिक गरेको छ। 

जेठ २२ गते बोर्डको सञ्चालक समिति बैठकले नेपाल राष्ट्र बैंकका पूर्वडेपुटी गभर्नर शिवाकोटीको संयोजकत्वमा भएको अध्ययन प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो। 

सोही निर्णयअनुसार मंगलबार प्रतिवेदन सार्वजनिक गरिएको हो। 

२०८० माघ ९ को मन्त्रिपरिषद्को निर्णयअनुसार शिवाकोटीको नेतृत्वमा अध्ययन समिति बनाइएको थियो।

त्यसमा पुँजीबजारको विकास र लगानीकर्ताको हितलाई संरक्षण गर्ने दृष्टिले धितोपत्र बजार सञ्चालनको अनुमति दिन उपयुक्त हुने नहुने अध्ययन गर्न भनिएको थियो। सोहीअनुसार समितिले नेपालको  पुँजीबजार तथा धितोपत्र बजारको सुरुदेखि हालसम्मको विकासक्रम, विद्यमान अवस्था, बजारको समस्या तथा चुनौती, सम्बन्धित सरोकारवालाहरुको अवस्था, गुनासो चासो, निवेदन, उजुरी र त्यससम्बन्धी भएका छलफल, निर्णय, आदेश, निर्देशन, परिपत्र, धितोपत्रसम्बन्धी कानुनी संरचना, पूर्वअध्ययनहरुको प्रतिवेदन, केही छिमेकी मुलुकहरुको धितोपत्र बजारको अवस्था अध्ययन गरेर प्रतिवेदन पेस गरिएको थियो। 

सो समितिमा अधिवक्ता सिजन गुरागाईं र वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट सुजन कुमार आचार्य सदस्य थिए। 

सो प्रतिवेदनले नयाँ स्टक एक्सचेन्जलाई अनुमति दिन उपयुक्त हुने, नेप्सेको पुनर्संरचना गर्नुपर्ने र नेप्सेमा विदेशी लगानीकर्ता भित्र्याई प्रतिस्पर्धी बनाउनुपर्ने सुझाव सरकारलाई दिएको छ।

यस्तो छ प्रतिवेदन 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad