कारोबार


सेयरबजार पनि वैशाख ३ सम्म बन्द हुने

सेयरबजार पनि वैशाख ३ सम्म बन्द हुने

नेपालखबर
चैत २५, २०७६ मंगलबार ११:१४,

सरकारले लकडाउनको समय लम्ब्याएसँगै नेपाल स्टक एक्सचेन्जले पनि सेयर कारोबार वैशाख ३ सम्मका लागि नगर्ने निर्णय गरेको छ।

आज सूचना जारी गर्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली २०७५ को नियम २१ को उपनियम १ अनुसार २६ गतेदेखि वैशाख ३ सम्म सेयरबजार बन्द गर्ने निर्णय गरेको हो।

विश्व महामारी कोरोनाभाइरस संक्रमण रोक्न सरकारले चैत ११ देखि नै लकडाउन गर्दै आएको छ। सोही क्रममा २४ गते बसेको मन्त्रिपरिषद् बैठकले ३ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेपछि नेप्सेले बजार बन्द रहने जनाएको हो। यसअघि १८ गतेदेखि २५ चैतसम्मका लागि बजार बन्द गरिएको थियो।

dhitopatra sthagan

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad