गत साता लगातार बढ्दै आएको सुनको मूल्यमा आज व्यापक गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला तीन हजार रुपैयाँले गिरावट आएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गतसाताका ६ दिन लगातार बढ्दै आएको सुनको मूल्य शुक्रबार प्रतितोला एक लाख ९३ हजार सातसय रुपैयाँमा स्थिर थियो। आज तोलामा तीन हजार रुपैयाँ घटेर सुनको मूल्य एक लाख ९० हजार सातसय रुपैयाँमा झरेको छ।
गत साताको शुक्रबारदेखि गएको शुक्रबारसम्म सुनको मूल्य ५९ सय रुपैयाँ बढेको थियो।
गएको वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो।
आज चाँदीको भाउ भने थोरै घटेको छ। आज चाँदी प्रतितोला दुई हजार एक सय ४५ रुपैयाँ कायम भएको हो।
3.7k
Shares

प्रतिक्रिया