कारोबार


नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छः अर्थमन्त्री पौडेल

नदीजन्य वस्तु उत्खनन गरी विदेशमा बेच्ने वातावरण बन्दै छः अर्थमन्त्री पौडेल

फाइल तस्बिर


नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:३१, काठमाडौँ

अर्थमन्त्री विष्णु पौडेलले खानीजन्य तथा नदीजन्य वस्तु उत्खनन गरेर विदेशमा बेच्ने वातावरण बनाउन सरकार लागेको बताएका छन्। 

खानीजन्य वस्तु निर्यात गर्ने गरी सरकार अघि बढेको बताउँदै उनले निर्माण सामग्रीको अभावमा आयोजना कार्यान्वयन हुन नसक्ने अवस्था हटाइने जानकारी पनि दिए।

खानीजन्य र नदीजन्य निर्माण सामग्रीको उत्खनन् गरेर उपयोग गर्ने मात्रै नभई निर्यात गर्नेसम्मको बजेटमा राखिएको कार्यक्रमलाई प्रभावकारी हिसाबले कार्यान्वयनमा लगिने उनको भनाइ छ।

आज राजधानीमा एक कार्यक्रमललाई सम्बोधन गर्दै उनले त्यस दिशातर्फ सरकार अघि बढिसकेकाले अब ब्याक नहुने अडान पनि राखे।

कार्यक्रममा अर्थमन्त्री पौडेलले बजेटमा पूर्वाधार निर्माणको क्षेत्रमा जेजस्ता समस्या रहँदै आएका थिए, ती समस्यालाई हदसम्मै पूरा गरिएको दाबी पनि गरे।

अर्थमन्त्री पौडेलले भने, ‘अब निर्माण क्षेत्रमा नदीजन्य वस्तुहरुको अभाव हुन दिँदैनौँ। वातावरणीय प्रभाव अध्ययनबाट उपयुक्त र आर्थिक दृष्टिले सम्भाव्य देखिएका खानीजन्य र नदीजन्य निर्माण सामाग्री उत्खनन् र प्रशोधन गरी आन्तरिक उपयोग गर्नेछौँ। नेपालमा मात्रै नभई निर्यात गर्ने व्यवस्था मिलाउनेछौं। खानीजन्य, नदीजन्य वस्तुहरू अभाव भएका कारण निर्माणजन्य प्रभावित हुनुपर्दैन। अब बजेटमा राखिएको कार्यक्रमबाट पछि हट्दैनौँ।’ 

अर्थमन्त्री पौडेलले यसो भनिरहँदा बजेटमा राखिएको कार्यक्रम सर्वोच्च अदालतको परमादेशविपरीत रहेको भन्दै सर्वोच्च अदालतमा रिट परेको छ। अधिवक्ता दिनेश त्रिपाठीले प्रधानमन्त्री र अर्थमन्त्रीमाथि कारबाहीको माग राख्दै अदालतको अवहेलना मुद्दा दर्ता गराएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad