कारोबार


चिनियाँ राजदूतावासको आर्थिक सहयोगमा सीएफआरडीले मधेसमा हस्तान्तरण गर्‍यो दुई परियोजना

चिनियाँ राजदूतावासको आर्थिक सहयोगमा सीएफआरडीले मधेसमा हस्तान्तरण गर्‍यो दुई परियोजना

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १८:४२, काठमाडौँ

मधेश प्रदेशमा शैक्षिक पूर्वाधार र सामुदायिक कल्याणकारी सुधारका लागि चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट (सीएफआरडी)ले नेपालस्थिति चिनियाँ राजदूतावासको आर्थिक सहयोगमा नेपालस्थित युथ पायोनियर ग्रुप अफ चाइनिज एम्बेस्सी (सीएनवाईपी)सँग मिलेर दुई रुपान्तरणकारी योजना हस्तान्तरण गरेको छ। 

दुईवटा विद्यालयलाई ‘समुज्ज्वल भविष्य’ नामक शिक्षा परियोजना र मधेश प्रादेशिक अस्पताललाई ‘आरामदायी बर्थिङ अभियान’ नामक परियोजना हस्तान्तरण गरिएको हो। 

पूर्वउपप्रधानमन्त्री ईश्वर पोख्रेलको उपस्थितिमा एक कार्यक्रमका बीच सो पहल गरिएको सीएफआरडीले जनाएको छ। सो क्रममा स्वास्थ्य कार्यक्रम मधेश प्रदेश सभामुख रामचन्द्र मण्डलको प्रमुख आतिथ्यमा भएको थियो। कार्यक्रममा चिनियाँ राजदूतावासका कमर्सियल काउन्सिलर सिउ यिउ, सीएफआरडीका देशीय निर्देशक झाउ, मधेशी आयोगका प्रमुख आयुक्त डा. विजय कुमार दत्त, मधेश प्रदेश योजना आयोगका उपाध्यक्ष डा. सोहन साह, संघीय सांसद जुली महतो, मधेश संसद सदस्य कनिष्क पटेल र अन्य धेरैको सहभागिता रहेको थियो। 

कार्यक्रममा सीएफआरडीले १४४ वटा डेस्क तथा बेन्च, स्मार्ट बोर्ड, ह्वाइटबोर्ड र स्टेसनरी सामानहरु तथा ६०२ जना विद्यार्थीलाई विद्यालय पोसाक वितरण गरिएको थियो। समुज्ज्वल भविष्य परियोजनाले मधेशका शैक्षिक सुविधाहरुको सुधारमा काम गर्ने बताइएको छ। 

त्यस्तै आरामदायी बर्थिङ अभियान परियोजनाले अस्पतालको प्रसूति कक्षमा वातानुकूलित साधन जडानलगायत अन्य सुविधा अपग्रेड गर्ने बताइएको छ। यसले सुरक्षित प्रसूति सेवामा योगदान मिल्ने अपेक्षा गरिएको छ। 

चीन सरकार र चिनियाँ जनताले समर्थन गरेको सीएफआरडीले नेपालमा ग्रामीण विकासमा केन्द्रित भई काम गरिरहेको छ। सन् २०१६ देखि २०२५ सम्म मधेश प्रदेशमा फाउन्डेसनले लभ प्याकेज, वार्म प्याकेजहरु सामुदायिक विद्यालयमा पढ्ने विद्यार्थीहरुलाई उपलब्ध गराएको छ। 

सन् २०२४ मा मात्रै यूएनडीपीको सहयोगमा चीन सरकारले सीएफआरडीसँगको साझेदारीमा २५ विद्यालयका १८ हजार विद्यार्थीलाई जीवनयापनसहयोगी सामग्रीहरु उपलब्ध गराएको थियो भने ९ हजार कोभिडप्रभावित आवासमा सहयोग गरेको थियो। त्यसैगरी २०१८ को चक्रवातपछि विपद् राहतस्वरुप चिनियाँ दूतावासले संयुक्त राष्ट्रसंघको माध्यमबाट ६० लाख डलर राहत सहयोग गरेको थियो। त्यसैगरी सन् २०२४ मा दुई समुदायमा आगलागीपछिको सहायता समेत उपलब्ध गराएको थियो। कोभिड महामारीको बेला सीएफआरडीले मधेशमा १३८ वटा हात धुने केन्द्र स्थापना, खाद्य तथा विद्यालय सामग्री आपूर्ति र क्वारेन्टाइन सेन्टर र अक्सिजन स्टेसन स्थापना समेत गरिसकेको छ।

तस्बिरहरू

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad