राजनीति


सभामुखसँगको छलफलपछि थप रणनीति बनाउन विपक्षी दलहरू फेरि बैठकमा

सभामुखसँगको छलफलपछि थप रणनीति बनाउन विपक्षी दलहरू फेरि बैठकमा

नेपालखबर
जेठ २०, २०८२ मंगलबार १३:१७, काठमाडौँ

प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँगको छलफलपछि विपक्षी दलका नेताहरू छुट्टै छलफलमा जुटेका छन्।  सभामुखले सदन अवरोध हटाउन आग्रह गरेसँगै विपक्षी दलहरू फेरि छलफलमा जुटेका हुन्। 

सभामुखसँग छलफल गर्नुअघि पनि विपक्षीहरूको बैठक बसेको थियो। विपक्षी दलले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखक पनि जोडिएको भन्दै पदबाट राजीनामा दिन माग गरेका छन्। 

आजै बसेको उनीहरूको बैठकले छानबिनको निर्णय नआउँदासम्म पदबाट राजीनामा दिनुपर्ने, ०६४ यताका गृहमन्त्रीमाथि छानबिन गर्नुपर्ने र यसबारे प्रधानमन्त्रीले सदनमा जानकारी गराउनुपर्ने निष्कर्ष निकालेका थिए। उनीहरू यी तीन निष्कर्ष लिएर सभामुख घिमिरेसँग छलफल गर्न गएका थिए। 

सभामुखसँगको छलफलपछि फेरि उनीहरू अर्को छलफलमा जुटेका हुन्। यो छलफलबाट थप रणनीति बनाइने उनीहरूको भनाइ छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad