कारोबार


महाप्रसाद अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर

महाप्रसाद अधिकारी राष्ट्र बैंकको नयाँ गभर्नर

नेपालखबर
चैत २४, २०७६ सोमबार १०:३६,

सरकारले नेपाल राष्ट्र बैंकका गभर्नरमा महाप्रसाद अधिकारीलाई नियुक्त गरेको छ।

सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले अधिकारीलाई राष्ट्र बैंकको गभर्नरमा नियुक्त गरेको हो।

नेपाल राष्ट्र बैंक ऐनअनुसार बहालवाला गभर्नरको पद रिक्त हुनुअघि नै सूचना जारी गरी नयाँ गभर्नरको नियुक्तिका लागि सिफारिस दिन मन्त्रिपरिषदले समिति गठन गर्नुपर्ने व्यवस्था छ।

सोही अनुसार मन्त्रिपरिषदले अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र पूर्वअर्थसचिव कृष्णहरि बाँस्कोटा रहेको तीन जनाको समिति गठन गरेको थियो।

उक्त समितिले कामु गभर्नर चिन्तामणि सिवाकोटी, लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारी र पूर्वअर्थसचिव राजन खनालको नाम सिफारिस गरेको थियो।

उक्त ३ जनामध्ये अधिकारीलाई मन्त्रिपरिषद् बैठकले गभर्नरमा नियुक्त गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad