राजनीति


कोरोना संक्रमित भेटिएका तीन जिल्लामा र्‍यापिड टेष्ट सुरु

कोरोना संक्रमित भेटिएका तीन जिल्लामा र्‍यापिड टेष्ट सुरु

नेपालखबर
चैत २४, २०७६ सोमबार १०:५८,

कोरोना संक्रमित भेटिएका कैलाली, कञ्चनपुर र बाग्लुङ जिल्लामा कोरोना संक्रमणको पहिचान का लागि आजबाट र्‍यापिड टेष्ट सुरु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना नियन्त्रण तथा उपचार सम्बन्धमा गर्दै आएको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले ति जिल्लामा आजबाट कोरोना परीक्षणको र्‍यापिड टेष्ट सुरु गरिएको जानकारी दिएका हुन्। सरकारले ती तीन जिल्लामा परीक्षणका लागि आइतबार टोली पठाएको थियो।

शनिबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन जिल्लामा कोरोना संक्रमित भेटिएपछि र्‍यापिड टेष्ट गर्ने निर्णय गरेको थियो। मन्त्रिपरिषद्को निर्णय अनुसार आइतबार बसेको राष्ट्रिय अनुसन्धान परिषद्, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका विज्ञ टोलीको बैठकले आइतबार नै तिनवटा जिल्लामा खटाउने टोली बनाइ पठाएको हो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad