कारोबार


सेयर लगानीकर्तामा हट्यो कर बढ्ने त्रास, बजेटका यी बुँदाले बजारमा पार्नेछ सकारात्मक प्रभाव

सेयर लगानीकर्तामा हट्यो कर बढ्ने त्रास, बजेटका यी बुँदाले बजारमा पार्नेछ सकारात्मक प्रभाव

नेपालखबर
जेठ १५, २०८२ बिहिबार २०:३१, काठमाडौँ

सेयर लगानीकर्तामा पछिल्लो समय बजार राताम्मे बनाउने गरी कर बढ्ने त्रास फैलिएको थियो। जसले गर्दा पछिल्लो समय दोस्रो कारोबार नै राताम्मे हुने अवस्था पनि र्सिजना भएको थियो।

तर अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ल्याएको अगामी आर्थिक वर्षको बजेटमा सेयर लगानीकर्ता वा सेयरबजारलाई नकारात्मक प्रभाव पार्नेखालका कुनै पनि व्यवस्था गरिएको छैन। 

लगानीकर्ताले रुचाएका तथा सेयरबजारमैत्री मानिने अर्थमन्त्री पौडेलले आगामी आवको बजेट मार्फत सेयरबाजारलाई प्रभाव पार्ने ४ व्यवस्था गरेका छन्। 

जसमा यस पटक राष्ट्रिय प्राथामिकताप्राप्त उद्योगलाई धितोपत्र बजारमा जोड्ने नयाँ व्यवस्था सरकारले बजेट मार्फत गरेको छ। सो व्यवस्था अनुसार धितोपत्र बजारमा सूचिकृत इन्भेष्टमेन्ट कम्पनी वा लगानीकर्ताले सिधै लगानीगर्न सक्ने गरी राष्ट्रिय प्राथामिकता प्राप्त उद्योगहरुलाई धितोपत्रबजारमा जोडिनेछ।

बजेटले त्यस्ता आयोजना तथा उद्योगहरुमा धितोपत्र बजारको पुँजी प्रयोग गर्नका लागि व्यक्तिगत लगानीकर्ता तथा लगानी गर्ने संस्थागत कम्पनीहरुबाट पुँजी प्रयोग गर्न पनि धितोपत्रबजारमा ल्याउइने बजेटले उल्लेख गरेको हो। 

यस किसिमको व्यवस्थाले सेयरबजारमा थप ठूला कम्पनीहरु भित्रिने सम्भावना बढाएको छ। 

यस्तै अर्को बुँदामा बजेटले सरकारी ऋणपत्र धितोपत्रको दोस्रो बजारमा कारोबार गर्ने व्यवस्था गरिने छ भन्ने समेटिएको छ। लामो समयदेखि सरकारी ऋणपत्रको कारोबार दोस्रो बजारमा गुर्नपर्ने कुरा उठ्दै आएपनि कार्यन्वयनमा भने आएको छैन। यस पटकको बजेटले सरकारी ऋणपत्रलाई दोस्रो बजारमा कारोबार गर्नसक्ने व्यवस्था गरिने उल्लेख गरेको हो। 

यस्तै बजेटले यस पटक पनि नेप्सेको पुनरसंरचना गर्ने विषय पनि समेटेको छ। विगतका वर्षहरुमा पनि बजेट मार्फत नेप्से पुनर्संरचनाको विषय समेटिँदै आएको थियो। यद्यपी मन्त्रालयले नै अगाडि बढाउन नसक्दा नेप्सेको सेयर संरचनामा परिवर्तन गर्न सकिएको थिएन। 

अब भने तत्काल कार्यन्वयन गर्ने गरी नेप्सेको पुनर्संरचना गरिएको खण्डमा यसले धितोपत्र बजारलाई गुणस्तरिय बनाउँदै क्षमता विस्तार गर्न सहयोग पुग्ने देखिन्छ। 

यस्तै बजेट कर्मचारी संचय कोष र नागरिक लगानी कोष लगायतलाई भेन्चर क्यापिटलमा लगानी गर्न सक्ने बाटो खुला गरेको छ। यो पनि पुरानै व्यवस्था भए पनि कार्यान्वयनमा भने आउन सकेको थिएन। यो पटक कार्यन्वयनमा आएको खण्डमा धितोपत्र बजारमा लगानी बढ्ने सम्भावना रहन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad