सरकारले चुरोटमा ५ प्रतिशतसम्म कर बढाएको छ। सरकारले स्वास्थ्य जोखिमलाई आधार बनाएर ३ देखी ५ प्रतिशतसम्म बढाएको हो।
सरकारले मदिराको लागि आवश्यक पर्ने कच्चा पदार्थको प्रतिलिटर ५० रुपैयाँ भएकोमा ९० रुपैयाँ पुर्याएको छ।
स्वास्थ्य मन्त्री प्रदीप पौडेलले चुरोट तथा सुर्तिजन्य पदार्थ धेरै कर बढाउनुपर्ने सार्वजनिक धारणा राखेका थिए। नेपाली उद्योगी व्यवसायीले त्यसै आनुसार सुर्तीजन्य पदार्थसंगै मदिरामा व्यापाक बढ्न सक्ने आकलन गरेका थिए।
उद्योगी रवि केसीले नेगेटिम वस्तु भन्दै थेग्न नसक्नेगरी सरकरालाई कर बढाउन दबाब दिए पनि संयमित भएर बढाएको बताए।
‘एनजीओ आईएनजीओले नेपालका उद्योगलाई धरासायी नै हुने गरी कर बढाउन लबिङ गरिरहेका थिए,’ केसीले भने,‘नेगेटिभ वस्तु भएकाले ५ प्रतिसम्म कर बढाउँदा उद्योगीलाई ठूलो प्रभाव पर्दैन।’
उनले मदिराको कच्चा पदार्थमा प्रति लिटर ५० रुपैयाँबाट ९० रुपैयाँ पुर्याएको तर्कसंगत भने नभएको बताए। उनले कुनै व्यवसायीले नीतिगत रुपमा भ्रममा परेको हुन सक्ने बताए।
Shares

प्रतिक्रिया