कारोबार


वृद्ध भत्ता अब ७० वर्षमा मात्रै

वृद्ध भत्ता अब ७० वर्षमा मात्रै

नेपालखबर
जेठ १५, २०८२ बिहिबार २०:६, काठमाडौँ

सरकारले वृद्ध भत्ता दिने उमेर बढाएको छ। अब ७० वर्षमा मात्र सामाजिक सुरक्षा भत्ता पाउने भएका छन्। अहिलेसम्म वृद्ध भत्ता पाउने उमेर ६८ वर्ष थियो। अर्थमन्त्री विष्णु पौडेले आगामी आवको बजेटबाट बढाएर ७० वर्ष पुर्‍याएका हुन्।

आर्थिक क्षेत्र सुधारका लागि सुझाव दिन बनाइएको उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले ज्येष्ठ नागरिकलाई ७० वर्षमा मात्रै सामाजिक सुरक्षा भत्ता दिन सरकारलाई सुझाएको थियो।

विगतमा ७० वर्षको उमेरमा सामाजिक सुरक्षा भत्ता दिने व्यवस्था रहेकोमा २०७९ सालको निर्वाचनअघि शेरबहादुर देउवा नेतृत्वको सरकारले ६८ वर्षमै जेष्ठ नागरिकलाई भत्ता दिन सुरु गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad