अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आर्थिक वर्ष २०८२/०८३ को बजेट प्रस्तुत गरे।
२ घण्टा ११ मिनेट लगाएर पौडेलले बजेट भाषण गरिरहँदा अन्तिमतिर भने हाँसोको फोहरा छुट्यो।
जब उनले ‘विद्युतीय सवारी साधनको प्रयोगलाई प्रोत्साहित गर्न वातावरण प्रदूषण न्यूनीकरण गर्न र विद्युतको आन्तरिक खपत बढाउन त्यस्ता सवारी साधनमा लगाइएको सबै प्रकारका कर तथा महसुललाई यथावत् राखेको छु’ भने तब संसदमा हाँसो छुटेको थियो।
व्यवसायीले कर बढ्ने आकलनमा पहिला नै ठूलो मात्रामा विद्युतीय गाडी भित्र्याएका थिए।
तातोपानी र रसुवागढी नाकाबाट भन्सार छुटेका गाडीले चोभारस्थित सुख्खा बन्दरगाह भरिभराउ छ।
बढेन विद्युतीय गाडीको कर, कति छ अहिले?
कर बढ्ने आकलनमा व्यवसायीले चोभारमा थुपारे विद्युतीय गाडी, यस्तो देखियो सुक्खा बन्दरगाह (भिडिओ)
1.1k
Shares

प्रतिक्रिया