कारोबार


सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गरिने, स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन

सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गरिने, स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १६:२०, काठमाडौँ

सातै प्रदेशमा मुटुरोग उपचारको व्यवस्था गरिने भएको छ। नयाँ बजेटमा अर्थमन्त्री विष्णु पौडेलले यसको व्यवस्था गरेको बताएका हुन्। 

फागुन महिनामा सबै प्रदेशमा स्वास्थ्य शिविर सञ्चालन हुने र यसका लागि २ अर्ब ६ करोड बजेट विनियोजन गरेको उनले जानकारी दिए।

वीर अस्पतालमा जलनको उपचारका लागि आधुनिक उपचार स्थल स्थापना गर्न बजेट विनियोजन गरिने भएको छ। 

निर्माणसम्पन्न अस्पताललाई स्थानीय तहसँग समन्वयन गरी चलाइने उनले बताए। यसका लागि ११ अर्ब २४ करोड बजेट विनियोजन गरिएको छ।  

वीर अस्पताललाई अन्तर्राष्ट्रिय चिकित्सा उपचार उपलब्ध गराउन बजेट उपलब्ध गराएको उनले बताए। 

सबै प्रकारका औषधिको जाँच बढाइने भएको छ। यी सबै कामका लागि स्वास्थ्य मन्त्रालयलाई ९५ अर्ब ८१ करोड विनियोजन गरेको उनले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad