कारोबार


बजेट २०८२/०८३ : प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८३ करोड

बजेट २०८२/०८३ : प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८३ करोड

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:३६, काठमाडौँ

संघीय सरकारले प्रदेश र स्थानीय तहलाई ५ खर्ब ८२ अर्ब ८३ करोड हस्तान्तरण हुनेगरी बजेट विनियोजन गरिएको छ। 

अनुदान र राजस्व बाँडफाँडबाट प्रदेश र स्थानिय तहलाई उक्त रकम हस्तान्तरण गर्ने भएको हो। 

अर्थमन्त्री विष्णु पौडेलले बजेट वक्तव्यमा वित्तीय समानीकरण अनुदान   ६० अर्ब ६६ करोड ?पैयाँ विनियोजन गर्दा ८८ अर्ब ९७ करोड हस्तान्तर हुने उल्लेख छ। 

शसर्त अनुदान प्रदेशकालागि ३० अर्ब ३५ करोड स्थानिय तहकालागि २ खर्ब ११ अर्ब ४६ करोड गरी २ खर्ब ४१ अर्ब ?पैयाँ विनियोजन भएको छ। 

पूर्वाधार अयोजना कार्यान्वयनका लागि समपूरक अनुदान प्रदेशका लागि ३ अर्ब २८ करोड र स्थानीय तहका लागि १० अर्ब ६ करोड विनियोजन गरिएको छ।

विशेष अनुदानतर्फ प्रदेशका लागि ३ अर्ब २७ करोड र स्थानिय तहकालागि ९ अर्ब ७८ करोड विनियोजन गरेका छन्। 

अनुदानहरु कार्यसम्पादनका आधारमा हस्तान्तरण गर्ने व्यवस्था मिलाएको बताएका छन्। प्रदेश र स्थानीय तहमा राजस्व बाँडफाँटबाट १ खर्ब ६५ अर्ब हस्तान्तरण हुने अनुमान छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad