कारोबार


कुल सडककाे लम्बाइ ३६ हजार १३२ किमिमध्ये कालाेपत्रे १९ हजार १६३

कुल सडककाे लम्बाइ ३६ हजार १३२ किमिमध्ये कालाेपत्रे १९ हजार १६३

नेपालखबर
जेठ १५, २०८२ बिहिबार १५:२९, काठमाडौँ

कुल सडक लम्बाइ  ३६ हजार १ सय ३२ किलोमिटर पुगेको छ।

२०८१ फागुनसम्म रणनीतिक सडक सञ्जाल र स्थानीय सडक सञ्जाल गरी १९ हजार १ सय ६३ किलोमिटर कालोपत्रे, ८,२०४ किलोमिटर खण्डास्मित र ८,७६५ किलोमिटर कच्ची सडक पुगेकाे हाे। 

२०८१ असारसम्म १८ हजार ८ सय ८ किलोमिटर कालोपत्रे, ८,०२४ किलोमिटर खण्डास्मित र ८,६५८ किलोमिटर कच्ची सडक गरी सडकको लम्बाइ ३५ हजार ४ सय ९० किलोमिटर रहेको थियो।

आर्थिक वर्ष २०८१/८२ को फागुनसम्म १०७ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा १८० किलोमिटर सडक खण्डास्मित स्तरमा र ३५५ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ।

आर्थिक वर्ष २०८०/८१ मा १६७ किलोमिटर कच्ची सडक ( नयाँ सडक) निर्माण भएको थियो। सो अवधिमा ३२८ किलोमिटर सडक खण्डास्मित स्तरमा र ७५६ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको थियो ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad