मौद्रिक नीतिको तेस्रो समीक्षालाई नेपाल राष्ट्र बैंकले कार्यान्वयनमा लगेको छ।
राष्ट्र बैंकले बुधबार बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशिका जारी गर्दै समीक्षाले गरेको व्यवस्था कार्यान्वयन गर्न निर्देशन दिएको हो।
मौद्रिक समीक्षामार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूले अनिवार्य नगद मौज्दात ९० प्रतिशत कायम गर्नुपर्ने व्यवस्था गरेको छ।
हाल बैंकहरूले यस्तो मौज्दात ७० प्रतिशत राख्दै आएकोमा तेस्रो समीक्षामार्फत जेठ १८ बाट दैनिक रुपमा ९० प्रतिशत रकम अनिवार्य नगद मौज्दात कायम गर्नुपर्नेछ।
यस्तै समीक्षामार्फत सेयर धितो कर्जाको जोखिमभार पनि १ सय प्रतिशत राखे पुग्ने भएको छ। यसअघि यस्तो कर्जाको जोखिमभार १२५ प्रतिशत कायम थियो।
63
Shares

प्रतिक्रिया