कारोबार


आफूविरुद्ध समाचार आएको भन्दै श्रम मन्त्रालयले गुहार्‍यो प्रहरी र प्रेस काउन्सिल

आफूविरुद्ध समाचार आएको भन्दै श्रम मन्त्रालयले गुहार्‍यो प्रहरी र प्रेस काउन्सिल

नेपालखबर
जेठ ११, २०८२ आइतबार १७:२७, काठमाडौँ

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आफूविरुद्ध अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण भएको भन्दै नेपाल प्रहरी र प्रेस काउन्सिललाई गुहारेको छ। 

मन्त्रालयका उपसचिव एवं सहायक प्रवक्ता मेघनाथ रिमालले प्रेस विज्ञप्तिमार्फत यसको जानकारी दिएका हुन्। 

उनले मलेसिया, इजरायल, जापान, कोरियालगायत देशमा नेपाली कामदार पठाउने निश्चित म्यानपावर व्यवसायीहरुलाई फाइदा पुग्ने गरी सिन्डिकेट गर्न लागिएको भनी विभिन्न सञ्चारमाध्यमबाट अफवाह फैलाइएको बताए। 

यसप्रति मन्त्रालयको ध्यानाकर्षण भएको रिमालले उल्लेख गरेका छन्। 

‘मन्त्रालयबाट हालसम्म कुनै निश्चित व्यवसायीलाई लाभ हुने गरी कुनै पनि निर्णय नभएको र भविष्यमा समेत यस प्रकारको निर्णय नहुने व्यहोरा सबैमा अनुरोध छ’, उनले भनेका छन्, ‘यस्ता अफवाह र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने व्यक्ति समूहको पहिचान भएमा यस मन्त्रालयलाई तुरुन्तै आधिकारिक माध्यमबाट जानकारी गराइदिन हार्दिक अनुरोध छ।’ 

तर रिमालले कुन सञ्चारमाध्यमले के समाचार लेखे भन्ने जानकारी दिएका छैनन्। 

‘साथै यस प्रकारको समाचार सम्प्रेषण गर्ने व्यक्ति, समूहमाथि कारबाही गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरीलाई र यस्ता भ्रामक सूचना र समाचार प्रसारण गर्ने गराउने सञ्चारमाध्यमलाई प्रचलित कानुनअनुसार अनुसन्धान र कारबाहीका लागि प्रेस काउन्सिललाई लेखिपठाइएकोले उक्त भ्रमपूर्ण एवं आधारहीन विषयको पछाडि नलाग्नुहुन सम्बद्ध सबै पक्षसँग यस मन्त्रालयको हार्दिक अनुरोध छ।’
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad