ग्रामीण विकासका लागि चिनियाँ फाउन्डेसन (सीएफआरडी)को सहयोगमा नुवाकोटमा निर्माण गरिएको चिया कारखाना स्थानीय सहकारीलाई हस्तान्तरण गरिएको छ।
सञ्चालन र व्यवस्थापन गर्ने गरी स्थानीय चिया सहकारीलाई हस्तान्तरण गरिएको हो।
नेपालका लागि चिनियाँ राजदूत छन सोङले किम्ताङ भिलेज टि कोअपरेटिभका प्रमुख सरमन तामाङलाई परियोजना हस्तान्तरण गरेका हुन्।
सो समारोहमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, राजदूत सोङ, प्रदेश योजना आयोग सदस्य डा. दिपेन्द्र श्रेष्ठ, सीएफआरडीका देशीय निर्देशक झाउ झिकियाङ, म्यागङ पालिकाकी अध्यक्ष आशा तामाङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे, जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी दुर्गाराज रेग्मी, राष्ट्रिय चिया तथा कफी विकास बोर्डका कार्यकारी निर्देशक डा. विष्णु प्रसाद भट्टराईलगायतको उपस्थिति थियो।
त्यसैगरी पालिकाका ४ नम्बर वडाध्यक्ष कमल बहादुर तामाङ, विकासका लागि विश्व सहकार्यका प्रमुख मुक्ति मरासिनी, किम्ताङ अर्गानिक टि कोअपरेटिभका अध्यक्ष सरमन तामाङ, किसानहरुसहित १०० जनाको उपस्थिति रहेको थियो।




Shares

प्रतिक्रिया