कारोबार


ग्वार्को फ्लाइओभर जेठ अन्त्यसम्म तयार हुने

ग्वार्को फ्लाइओभर जेठ अन्त्यसम्म तयार हुने

फाइल तस्बिर


नेपालखबर
जेठ ११, २०८२ आइतबार १२:४४, काठमाडौँ

भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले काठमाडौको ग्वार्कोमा निर्माणाधिन फ्लाईओभरबाट जेठ महिनाको अन्त्य सम्ममा पूरा हुने बताएका छन्। जेठभरिमा पूरा गरी लगत्तै फ्लाईओभरबाट सवारी साधन सञ्चालन हुने उनको भनाइ छ। 

आइतबार बिहान फ्लाइओभर निर्माण कार्यको स्थलगत निरीक्षणका क्रममा उनले निर्माणका बाँकी कामहरु चाँडै पूरा गर्न निर्माण कम्पनीलाई निर्देशन पनि दिए। 

‘अब पनि ढिलाइ गर्ने छुट छैन’, मन्त्री दाहालले भने, ‘परिस्थिति बाहिरको प्राकृतिक विपत्ती नआएमा जेठको अन्त्यसम्ममा गाडी चल्नुपर्छ। यो एउटा प्रतिक्षाको आयोजना पनि हो।’

फ्लाइओभरअन्तर्गत ३५ मिटर स्पानको ४ लेन प्रिकास्ट ग्रिडर पुलसहित एप्रोच सडक तथा कालोपत्रे निर्माणको काम भएको हो। फ्लाइओभरमा ट्राफिक लाइट जडानको कार्य पनि हुनेछ।

अनुगमनका क्रममा मन्त्रालयका सचिव केशवकुमार शर्माले निर्माणका क्रममा केही प्राविधिक समस्या देखिएका समस्या भएको र त्यो समस्या समाधान गरिसकेको बताए। यस्तै सडक विभागका महानिर्देशक रामहरी पोखरेलले राजधानीको सवारी व्यवस्थापनका लागि ग्वार्को फ्लाइओभर महत्त्वपूर्ण ठानिएकाले यसलाई प्राथमिकताका साथ पूरा गराउन लागिपरेको बताए।

सडक विभागको गुणस्तर अनुसन्धान तथा विकास केन्द्रका प्रमुख दिप वराहीका अनुसार भौतिक पूर्वाधारको मुख्य काम सकिएको छ भने हाल आवश्यक भागमा कालोपत्रेको काम भइरहेको छ। आशिष समानान्तर रेलिगेर जेभी काठमाडौले फ्लाइओभर निर्माणको काम गरिरहेको छ।

१७ करोड ६ लाख ८८ हजार रुपैयाँको लागतमा निर्माण सुरु भएको फ्लाइओभर सुरु ठेक्का सम्झौताबमोजिम २०८० फागुन ११ मा सम्पन्न हुनुपर्ने थियो। तर निर्धारित समयमा पूरा नभएपछि म्याद थप भई त्यसको निर्माण कार्य अघि बढेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad