नेपाल धितोपत्र बोर्डका अध्यक्ष सन्तोष नारायण श्रेष्ठले नेपाल राष्ट्रबैंकका गभर्नर डा. विश्वनाथ पौडेलाई भेटेका छन्।
उनले शुक्रबार गभर्नर पौडेलसँग भेटेर शुभकामना दिएका हुन्।
भेटका क्रममा लगानीकर्ताका मागबारे छलफल भएको स्रोतले जनाएको छ।
अध्यक्ष श्रेष्ठ र गभर्नर पौडेल दुवैले देशको वित्तीय प्रणालीलाई गतिशील र अनुशासित बनाउँदै राष्ट्रको आर्थिक विकासमा योगदान पुर्याउन नियामक निकायहरूबीच समन्वय र सहकार्य अपरिहार्य रहने कुरामा जोड दिएका थिए।
साथै पुँजी बजारलाई चलायमान र नयाँ उचाइमा पुर्याउनका लागि लगानीकर्ताहरूबाट समयसमयमा उठेका मागहरूलाई उचित सम्बोधन गर्ने सम्बन्धमा समेत छलफल भएको छ।
72
Shares

प्रतिक्रिया