सरकारले लुम्बिनी विकास कोष र पशुपति क्षेत्र विकास कोषलाई ६ महिनाभित्र राष्ट्रिय गौरवको आयोजनाको सूचीबाट हटाउने भएको छ।
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगको प्रतिवेदन कार्ययोजनाअनुसार ६ महिनाभित्र खारेज गर्ने मन्त्रिपरिषद्ले निर्णय गरेको हो।
‘लुम्बिनी विकास कोष र पशुपति विकास कोषजस्ता सालबसाली प्रकृतिका आयोजनाहरुलाई राष्ट्रिय गौरवको आयोजनाको सूचीबाट हटाउने’ कार्ययोजनामा उल्लेख गरिएको छ, ‘६ महिनाभित्र राष्ट्रिय गौरवको आयोजनाको सूचीबाट हटेको हुनेछ।’
147
Shares

प्रतिक्रिया