कारोबार


गभर्नर पौडेलले बैंकरहरूसँग भने– बैंकिङ चुनौती समाधान गर्न एकजुट होऔँ

गभर्नर पौडेलले बैंकरहरूसँग भने– बैंकिङ चुनौती समाधान गर्न एकजुट होऔँ

नेपालखबर
जेठ ८, २०८२ बिहिबार १९:२२, काठमाडौँ

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले बैंकरहरूलाई वित्तीय चुनौतीविरुद्ध एकजुट भएर अगाडि बढ्न आग्रह गरेका छन्। 

वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुको संस्था नेपाल बैंकर्स संघका पदाधिकारीसँगको भेटमा गभर्नर पौडेलले विद्यमान चुनौती समाधान गर्न एकजुट हुन आग्रह गरेका हुन्। 

उनले बैंक तथा वित्तीय संस्थाहरुले देशको आर्थिक क्षेत्रमा पु¥याएको योगदानको पनि प्रशंसा गर्दै समस्या समाधान गर्न लागिपर्ने बताए। गभर्नर पौडेलसँग शिष्टाचार भेटमा संघले आगामी कार्यकालको शुभकामना दिएको हो। 

सोही अवसरमा पदाधिकारीहरुले भने बैंकिङ क्षेत्र समस्यामा परेको भन्दै सहजीकरणको अपेक्षा गभर्नरसामु राखेका थिए। उनीहरुले बैंकिङ्ग क्षेत्रलाई अझ सुदृढ र प्रभावकारी बनाउन सदाभैmँ नेपाल राष्ट्र बैंकबाट निरन्तर सहयोग चाहेको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad