कारोबार


निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो

निर्यातमा ऐतिहासिक छलाङ, १० महिनामै २ खर्ब १७ अर्ब पुग्यो

प्रतिनिधिमूलक तस्बिर


नेपालखबर
जेठ ७, २०८२ बुधबार १६:१४, काठमाडौँ

नेपालको निर्यातले ऐतिहासिक रेकर्ड पार गरेको छ। 

हालसम्म वर्षभरिमा आर्थिक वर्ष २०७८/७९ मा पहिलोपटक २ खर्बको निर्यात भएको थियो। चालू आर्थिक वर्षको १० महिनामा भएको निर्यातले त्यसलाई उछिनेको हो।

चालू आवको १० महिनामा निर्यात बढेर २ खर्ब १७ अर्ब रुपैयाँ पुगेको भन्सार विभागको तथ्यांकले देखाएको हो। 

गत आर्थिक वर्षको १० महिनामा १ खर्ब २६ अर्ब रुपैयाँको निर्यात भएकोमा अहिले ७२.७१ प्रतिशतले बढेको छ। 

आर्थिक वर्ष २०८०/०८१ भरिमा १ खर्ब ५२ अर्बको निर्यात भएको थियो भने ०७९/०८० मा १ खर्ब ५७ अर्ब रुपैयाँको निर्यात भएको थियो। 

निर्यातमा सबैभन्दा बढी योगदान भटमास तेल, सोयाविन तेल, पाम आयल लगायत मात्रै ९१ अर्ब ३९ करोडको निर्यात भएको छ।

निर्यात हुने वस्तुमा १ अर्ब १६ करोडको चिया तथा कफी छ। त्यसैगरी तयारी पोसाक तथा कपडाजन्य वस्तु २३ अर्ब ६६ करोड रुपैयाँको छ। 

यसबाहेक १० अर्ब १२ करोडको कार्पेटजन्य वस्तु निर्यात भएको छ।

चालू आर्थिक वर्षमा आयात समेत १३.११ प्रतिशतले बढेको छ। वैशाखसम्म १४ खर्ब ७४ अर्ब रुपैयाँको आयात भएको हो। 

योसँगै कुल वैदेशिक व्यापार १८.३७ प्रतिशतले बढेर १६ खर्ब ९२ अर्ब रुपैयाँ पुगेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad