नेपाली कांग्रेस संसदीय दल कोसीले हरेक निर्वाचन क्षेत्रका सांसदको लागि न्यूनतम ५ करोड बजेट छुट्याउन सरकारसँग पहल गर्ने निर्णय गरेको छ।
नेपाली कांग्रेस कोसी प्रदेश संसदीय दलको बैठकले समानुपातिक र प्रत्यक्ष निर्वाचन सांसदलाई विभेद रहित ५ करोड बजेट छुट्याउन सुझाव दिने निर्णय गरेको संसदीय दलका उपनेता हिमाल कार्कीले जानकारी दिए।
‘दलको बैठकले समानुपातिक वितरणको आधारमा विभेद रहित बजेट विनियोजन गर्न सरकारलाई सुझाव दिने निर्णय गरेको छ,’ कार्कीले भने, ‘बजेटमा निर्वाचन क्षेत्र लक्षित मात्र नभई प्रत्येक माननीयहरूलाई न्यूनतम ५ करोड बजेट निर्वाचन क्षेत्रमा खर्च गर्न पाउने गरी बजेट व्यवस्था गर्न सुझाव दिने निर्णय भएको छ।’
दलको बैठकमा सांसदहरूले पहिलाको जस्तो समानुपातिक र प्रत्यक्ष निर्वाचित भनेर छुट्याउने गरी बजेटमा ल्याउन नहुने तर्क गरेका थिए।
Shares

प्रतिक्रिया