कारोबार


पर्यटन बोर्डमा उड्डयन प्राधिकरणका महानिर्देशकलाई हटाएर पर्यटन विभागका महानिर्देशक राख्ने प्रस्ताव

पर्यटन बोर्डमा उड्डयन प्राधिकरणका महानिर्देशकलाई हटाएर पर्यटन विभागका महानिर्देशक राख्ने प्रस्ताव

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १७:३, काठमाडौँ

पर्यटन बोर्डमा नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई हटाएर पर्यटन विभागका महानिर्देशकलाई राखिने भएको छ। 

नेपाल पर्यटन बोर्ड ऐनलाई संशोधन गर्न बनेको विधेयकमा सञ्चालक समितिको गठन परिवर्तन गर्ने प्रस्ताव गरिएको हो। 

बोर्डमा पर्यटन प्रवर्द्धन गर्ने कार्यमा संलग्न रहेका पर्यटन व्यवसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरुबाट नेपाल सरकारले मनोनीत गरेका ५ जना हुने व्यवस्था छ।

संशोधनका लागि प्रस्तावित ऐनमा क्षेत्रगत रुपमा ‘कम्तीमा २ जना महिलासहित ५ जना सदस्य’ हुनुपर्ने व्यवस्था गरिएको छ। 

जसमा होटल तथा आतिथ्यबाट १, ट्राभल, टुर, ट्रान्सपोर्ट तथा डेस्टिनेसन म्यानेजमेन्टबाट १, पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक गतिविधिबाट १, नेपालस्थित विमान सेवा तथा हवाइ उड्डडनबाट १ र पर्यटन क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीकर्ताहरुबाट १ नियुक्त गर्ने प्रस्ताव गरिएको छ।

यसका लागि नेपाली नागरिक हुनुपर्ने र ६० वर्ष ननाघेको शर्त राखेको छ। 

त्यसैगरी कार्यकारी प्रमुख नियुक्त गर्ने सिफारिस समितिको पुरानो व्यवस्थालाई खारेजीको प्रस्ताव गरिएको छ।

हाल नेपाल सरकारले तोकेको व्यक्ति अध्यक्ष र पर्यटन व्यवसायसँग सम्बन्धित २ जना सदस्य रहने सिफारिस समितिको व्यवस्था छ। 

मन्त्रालयले कार्यकारी प्रमुखको नियुक्तिको सिफारिस गर्न मन्त्रालयको सहसचिवको संयोजकत्वमा पर्यटनसँग सम्बन्धित विज्ञ सम्मिलित ३ सदस्यीय छनोट समिति गठन गर्ने प्रस्ताव गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad