कारोबार


विकास हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

विकास हाइड्रोपावरको आईपीओ खुल्यो, स्थानीय र वैदेशिक रोजगारीमा गएकाले भर्न पाउने

नेपालखबर
जेठ ६, २०८२ मंगलबार १२:४, काठमाडौँ

विकास हाइड्रोपवार कम्पनी लिमिटेडले आजबाट आईपीओ निष्काशन गरेको छ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आजबाट आवेदन दिन मिल्ने गरी प्राथमिक सेयर निष्काशनमा ल्याएको हो।

कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि जारी पुँजीको १० प्रतिशत अर्थात् ९ करोड ९ लाख १० हजार १ सय रकमबराबरको ९ लाख ९ हजार १०१ कित्ता र वैदेशिक रोजगारीमा गएकाहरुका लागि ३ लाख ५४ हजार ५५० कित्ता सेयर निष्काशन गरिएको छ।

उक्त आईपीओमा जेठ २० गतेसम्म आवेदन दिन पाइनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad