सरकारले नेपाल कृषि अनुसन्धान परिषद् (नार्क)को सुधारका लागि सुझाव समिति बनाएको छ।
प्राध्यापक डा. गोविन्दराज पोखरेलको संयोजकत्वमा प्राडा ईश्वरी कडरिया र डा. यज्ञगजाधर खड्का सदस्य रहेको तीन सदस्यीय उच्चस्तरीय पुनर्संरचना सुझाव समिति गठन गरिएको हो।
सोमबार कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले समितिका पदाधिकारीलाई यससम्बन्धी पत्र हस्तान्तरण गरे। समितिले नार्कलाई समयसापेक्ष हुने गरी सुधारका लागि आवश्यक सुझाव बुझाउन ९० दिनको समय पाएको छ।
मन्त्रिपरिषद्ले कृषि मन्त्रालयलाई स्वीकृति दिएसँगै समिति बनेको हो।
48
Shares

प्रतिक्रिया