सरकारले ब्याजमा सहुलियत दिएर प्रदान गर्दै आएको कर्जा दुरुपयोग भएको पाइएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनमा युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी भएको १ अर्ब २२ करोड रकम दुरुपयोग भएको उल्लेख छ।
प्रतिवेदनमा यसरी स्थानीय तहलाई बजेट दिँदा पर्याप्त नगद योजना तर्जुमा नगरी दिएको उल्लेख गरेको हो। युवा तथा साना व्यवसायी स्वरोजगार कोषको विवरणअनुसार १ हजार २३९ सहकारी संस्थाबाट २०८१ असार मसान्तसम्म १ अर्ब ६ करोड ८५ लाख ९१ हजार साँवा तथा सोमा लाग्ने ब्याज १२ करोड ८१ लाख १९ हजार र हर्जाना ३ करोड ८८ हजारसमेत कुल १ अर्ब २२ करोड ६७ लाख ९८ हजार असुल गर्नुपर्ने प्रतिवेदनले उल्लेख गरेको हो।
भाखा नाघेको कर्जा तथा ब्याज अनुदान युवा तथा साना व्यवसायी स्वरोजगार कोष (सञ्चालन) नियमावली, २०७७ को नियम १६ मा कर्जा लगानी गर्ने व्यवस्थाअनुसार युवा तथा साना व्यवसायी स्वरोजगार कोषमार्फत लगानी भएको रकम तोकिएको तालिकाअनुसार नबुझाउने तथा रकम दुरुपयोग गर्ने ऋणीलाई थप २ प्रतिशत ब्याज लाग्ने उल्लेख छ।
सोही व्यवस्थाअनुसार रहेर कर्जा असुल गर्न पनि बैंक तथा वित्तीय संस्थाहरूलाई भनेको हो।
Shares

प्रतिक्रिया