समाज


जिपको ठक्करबाट एकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

जिपको ठक्करबाट एकको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १७:२८, काठमाडौँ

कृष्णपुर नगरपालिका–२ बंकका ५० वर्षीय महेन्द्र विष्टको जिपको ठक्करबाट मृत्यु भएपछि उनका आफन्तले पूर्वपश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। 

मंगलबार बिहान सुपप्र ००१ ज १६८३ नम्बरको जिपले मर्निङ वाकमा निस्किएका विष्टलाई ठक्कर दिएको थियो। गम्भीर घाइते भएका विष्टको मंगलबार नै धनगढीस्थित निसर्ग अस्पतालमा मृत्यु भएको थियो। 

प्रहरीले जिप चालक बझाङको छबिसपाथिभेरा गाउँपालिका–२ का २१ वर्षीय रवि रोकायालाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अगाडि बढाएको जनाएको छ। 

बुधबार दिउँसोदेखि राजमार्ग अवरुद्ध गराएका हुन्। क्षतिपुर्ति र जिप चालकलाई कारबाही माग गर्दै विष्टका आफन्तले राजमार्ग अवरुद्ध गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सागर बोहराले बताए। 

उनका अनुसार राजमार्ग खुलाउने प्रयास भइरहेको छ। राजमार्ग अवरुद्ध खुलाउन तथा मृतकका आफन्तसँग छलफल गर्न जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरबहादुर बोहरा र इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक राजेश बस्नेत नेतृत्वको टोली खटिएको गरिएको प्रवक्ता बोहराले बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad