कारोबार


सूचीकृत नै नभएका ५ हजार ७ सय ६७ आयोजनालाई २ मन्त्रालयले दिए ऐनविपरीत बजेट

सूचीकृत नै नभएका ५ हजार ७ सय ६७ आयोजनालाई २ मन्त्रालयले दिए ऐनविपरीत बजेट

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १६:१७, काठमाडौँ

आयोजना बैंकमा सूचीकृत नै नभएका ५ हजारभन्दा बढी आयोजनाहरुमा बजेट विनियोजन भएको खुलेको छ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२औँ प्रतिवेदनले सूचीकृत नै नभएका आयोजनाहरुमा बजेट विनियोजन भएको उल्लेख गरेको हो।

आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम २६ मा आयोजना बैंकमा प्रविष्ट नभएको आयोजनामा बजेट विनियोजन गर्न नहुने उल्लेख छ। तर सूचीकृत नै नगरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयले ५ हजारभन्दा बढी आयोजनामा नियमविपरीत गएर बजेट विनियोजन गरेको खुलेको हो। 

प्रतिवेदनअनुसार आर्थिक वर्ष २०८०/८१ मा आयोजना बैंकमा १८ हजार १२ आयोजना सूचीकृत थिए भने त्यसमा पनि सक्रिय ७ हजार ७ सय ५ आयोजना मात्रै  थिए।

बजेट पाउने प्राथमिकताप्राप्त आयोजना भने ५ हजार ३ सय ६८ वटा मात्रै रहेकोमा दुई मन्त्रालयले ११ हजार १ सय ३५ वटा आयोजनामा बजेट विनियोजन गरेका हुन् ।

२०८०/८१ सम्म सहरी विकास मन्त्रालयअन्तर्गत २ हजार १ सय ८३ आयोजना थिए भने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत ३ हजार १ सय ८५ आयोजना गरी कुल ५ हजार ३सय ६८ आयोजनाले बजेट पाउनुपर्ने थियो।

तर बजेट विनियोजन भने ११ हजार १ सय ३५ वटा आयोजनामा भएको देखिएपछि महालेखाले प्रश्न उठाएको छ। 

प्रतिवेदनले आयोजना बैंकमै सूचीकृत नभएका ५ हजार ७ सय ६७ आयोजनालाई ऐनविपरीत बजेट विनियोजन गरेको उल्लेख गरेको हो।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad