कारोबार


४ दिनमा ७४ सय घटेको सुनको मूल्य आज बढ्यो

कतिमा हुँदैछ आज सुनचाँदीको कारोबार?
४ दिनमा ७४ सय घटेको सुनको मूल्य आज बढ्यो

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार ११:०, काठमाडौँ

विगत चार दिनदेखि घट्दै आएको सुनको मूल्य आज थोरै बढेको छ। 

गएको शुक्रबारदेखि मंगलबारसम्म लगातार घट्दै आएको सुनको मूल्यमा आज प्रतितोला पाँचसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सुनको मूल्य आज तोलाको एक लाख ८५ हजार तीनसय रुपैयाँ कायम भएको छ। 

हिजो तोलामा दुई हजार रुपैयाँले गिरावट आएपछि सुनको मूल्य एकलाख ८४ हजार आठसय रुपैयाँमा झरेको थियो।  

गएको सोमबार सुनको मूल्य प्रतितोला तीन हजार सातसय रुपैयाँले घटेको थियो भने आइतबार तीनसय रुपैयाँ घटेको थियो। त्यसअघि गएको शुक्रबार प्रतितोला एक हजार चारसय रुपैयाँ घटेको थियो।

यही वैशाख ९ गते सुनको मूल्य एक लाख ९७ हजार नौसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। त्यसयता सुनको मूल्यमा नौ दिनमै १४ हजार चारसय रुपैयाँ गिरावट आएको थियो।

आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौ सय ६० रुपैयाँमा किनबेच भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad