नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा सरकारलाई विभिन्न सुझावहरू पठाएको छ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेललाई नाडाले बजेटमा सवारी साधनसम्बन्धी नीतिबारे आफ्ना सुझाव पेस गरेको हो।
‘अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेटका सम्बन्धमा राय र सुझावहरू पठाउन सार्वजनिक सूचना जारी गरेको सन्दर्भमा यस एसोसिएसन अन्तर्गत गठित विभिन्न सम्बन्धित समितिहरूमा व्यापक रुपमा छलफल गरी तयार गरिएको आर्थिक वर्ष २०८२/०८३ को बजेट सम्बन्धी राय सुझावहरू’ संलग्न गरिएको नाडाले जनाएको छ।
संलग्न सुझावहरूमा सुस्ताउँदै गएको नेपालको अटोमोबाइल व्यवसायको क्रमिक उत्थानका लागि आवश्यक हुने राय सुझावहरू पेस गरिएको भन्दै सो सुझावहरूलाई मनन गरी आउँदो बजेटमा समावेश गरिदिन आग्रह गरिएको अध्यक्ष करण चौधरीले जनाएका छन्।
Shares

प्रतिक्रिया